बागलुङमा पहिरोमा परी दुई बालकसहित तीन जनाको मृत्यु

Share:

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो जाँदा दुई बालकसहित तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार राति घर माथिदेखि झरेको पहिरोले निसीखोला–५ का हिराबहादुर विकको १४ वर्षीय छोरा विदेन्द्र विक र ६ वर्षीय नाती प्रवेश विकको पुरिएर मृत्यु भएको छ ।

यस्तै पहिरोमा परी निसीखोला–३ की ६० वर्षीया बली विकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी ५३ वर्षीया दिलसरा सामान्य घाइते भएकी छन् । उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

प्रहरी र स्थानीयवासी उद्धार कार्यमा जुटेका थिए ।

पहिरोले निसीखोलामा पर्ने मध्यपहाडी पुष्पलाल लोकमार्ग पनि अवरुद्ध भएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: