
काठमाडौँ । नेपालमा थप ४६८ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको नमुना परीक्षणमा उनीहरुको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । हाल देशभर ८ हजार १ सय ९३ जना सक्रिय संक्रमित छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा थप १२४ जना कोरोना संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएका हुन् । योसहित नेपालमा हालसम्म १७ हजार २०१ उपचारपछि निको भएका छन्।
हाल १४ हजार ४ सय ४८ जना क्वारेन्टीनमा छन् भने ५ सय २३ जना होम आइसोलेसनमा छन्। मन्त्रालयका अनुसार पीसीआर टेष्ट हालसम्म ५ लाख ५ हजार ६६० पुगेको छ ।
कमेन्ट गर्नुहोस्
