कोरोना संक्रमणबाट थप ३ को मृत्यु, मृतक संख्या एक सय नाघ्यो

Share:

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ ।

कपिलवस्तु, पर्सा र धनुषाका एकएक जना गरी तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार कपिलवस्तु मायादेवी गाउँपालिका–७ का ४० वर्षीय पुरुषको साउन ३१ गते शनिबार विहान लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको छ ।

पर्साको विरगञ्ज महानगरपालिका–१२ का ६० वर्षीय पुरुषको साउन ३० गते शुक्रबार बेलुका ७ बजे नारायणी अस्थाइ कोरोना अस्पताल गण्डकमा उपचारका क्रममा मृत्यु भएको छ ।

यसैगरी धनुषाको जनकनन्दनी गाउँपालिका–४ का ५० वार्षीय पुरुषको साउन २९ गते बिहीबार मृत्यु भएको छ ।
यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०२ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: