पोखराका एक सहित गण्डकीमा थप ३ जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखराका एक पुरुषसहित गण्डकीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा शनिबार दिउँसो कास्कीको पोखरा महानगरपालिका–२७ का ४१ वर्षीय पुरुष, बागलुङको बागलुङ नगरपालिका–१० का ३८ वर्षीया महिला र पर्सा घर भई स्थानीय ठेगाना नखुलेका ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ३ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

यसअघि आज विहान मात्रै पोखराका ११ जना सहित गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना पुष्टि भएको थियो ।

यो पनि पढ्नुहोस्ः

पोखराका ३ सहित गण्डकीमा थप १० जनामा कोरोना पुष्टि

पोखरामा फेरी थपिए ८ जना कोरोना सङ्क्रमित

कमेन्ट गर्नुहोस्
Share: