सिन्धुपाल्चोक पहिरोः मृतक संख्या १६ पुग्यो, १ जनाको जीवितै उद्धार

572
0
Share:

काठमाडौँ । सिन्धुपाल्चोकको जुगल–२ लिदीमा शुक्रबार विहान खसेको पहिरोमा परी हराइरहेकामध्ये १६ जनाको शव भेटिएको छ । आज दिउँसो थप ३ जनाको शव भेटिएसँगै ज्यान गुमाउनेको संख्या १६ पुगेको हो ।

यसअघि आज विहान २ जनाको शव भेटिएको थियो भने ११ जनाको शव हिजै भेटिएको थियो । उनीहरु सबैको परिचय खुलेको छ ।

आज जुगल गाउँपालिका–२ का १६ वर्षका माइला पराङ दोङ, ३७ वर्षकी मेकमाई दोङ, ११ वर्षकी च्यांमा दोङ, ७ वर्षकी विमला दोङ र ७ महिनाका कविर दोङको शव भेटिएको हो ।

यस्तै हिजो ३६ वर्षकी टिकामाया दोङ, १४ वर्षका छिरिङ दोङ, ८० वर्षका जिते झाँक्री, ८ वर्षका मिलन दोङ, ५ वर्षका सानु दोङ, ७० वर्षका जयबहादुर दोङ, ३० वर्षकी दावा लामु दोङ, ५ वर्षकी प्रिती दोङ, ५ महिनाकी तारा लामु दोङ, ३४ वर्षीया धनमाया दोङ र ४ महिनाका रिमीश दोङको शव भेटिएको थियो ।

सो पहिरोमा पुरिएकामध्य आज एक जनाको भने जीवितै उद्धार गरिएको छ । जीवितै उद्धार गरिएको दावा ग्याल्बो दोङको चौतारामा उपचार भैरहेको छ । ९ वर्षका रुप बहादुर दोङ उपचारपछि घर फर्किएका छन् भने अन्य ४ जनाको चौतारा र काठमाडौँमा उपचार भैरहेको छ ।

पहिरोले ३७ वटा घरमा नोक्सानी पु¥याएको छ । त्यसमध्ये १३ वटा घर पूरै भत्किँएको जनाइएको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: