आजको मौसम देशभर कस्तो रहन्छ?

Share:

पोखरा । देशभरको मौसम आज आंशिकदेखि सामान्य बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यून चापीय रेखा अहिले दक्षिणतर्फ रहेकाले मनसुनी गतिविधि केही निस्क्रिय जस्तो भए पनि जलवाष्पयुक्त हावा देशभर भित्रिएकाले बदली तथा वर्षा हुने जनाइएको छ ।

दिउँसो देशभर आंशिकदेखि समान्य बदली रही केहि स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति विशेष गरी प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

निरन्तरको वर्षासँगै जोखिम बढ्नेहुँदा सामान्य सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: