सुनचाँदीको मूल्यमा सामान्य गिरावट

Share:

पोखरा । सुनचाँदीको मूल्यमा आज (आइतबार) सामान्य गिरावट आएको छ ।

गत शुक्रबारको तुलनामा सुन तोलामा दुई सय रुपैयाँले घटेको हो ।

आजका लागि छापावाल सुन तोलाको ९८ हजार ४ सय रुपैयाँ कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार तोलाको ९८ हजार ६ सयमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य पनि घटेर तोलाको ९७ हजार ९ सय रुपैयाँ कायम गरिएको छ । गत शुक्रबार तोलाको ९८ हजार १ सय तोकिएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ ।

आजका लागि चाँदी तोलाको १३ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । गत शुक्रबार तोलाको १३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: