नेपालमा थप ६४१ जनामा कोरोना पुष्टि, १३४ डिस्चार्ज

Share:

काठमाडौँ । नेपालमा थप ६४१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ६४१ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार ६६० जना पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

यसैगरी पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएका हुन् ।

यससँगै नेपालमा निको हुनेको संख्या १७ हजार ३३५ पुगेको छ ।

हाल १५ हजार २ सय ४३ जना क्वारेन्टीनमा छन्। २४ घण्टामा १२ हजार २ सय ४७ जनाको परीक्षण भएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: