पोखराका एक सहित गण्डकीका थप ४ जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखराका एक सहित गण्डकी प्रदेशका थप ४ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीकाअनुसार आज (सोमबार) विहान कास्कीको पोखरा महानगरका १ पुरुष, स्याङजाका २ महिला तथा नवलपुरका १ गरी गण्डकी प्रदेशका ४ जनामा कोरोना पुष्टि भएको हो ।

सोमबार पोखरा महानगर–१७ का ३० वर्षीय पुरुष सहित स्याङजाको वालिङ नगरपालिका–१४ का २७ वर्षीय पुरुष र वालिङ–२ की ९ वर्षीया बालिका तथा नवलपुर बौदिकाली–४ का ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ३९ पुगेको छ ।

हालसम्म प्रदेशमा कोरोनाबाट निको हुनेको संख्या १ हजार ५ सय ४९ पुगेको पनि निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: