
पोखरा । देशभरको मौसम आज (मंगलबार) सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण तर्फ अवस्थित रहनुका साथै भारतको मध्यप्रदेशमा वनेको न्यून चापीय रेखाको प्रभावले देशभर बदली भएको हो ।
अहिले देशभर सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेश तथा आसपासका भू–भागका एक–दुई स्थानमा वर्षा भइरहेको छ ।
दिउँसो पनि देशभर बदली सँगै केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै राति देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा समेत हुने महाशाखाको सूचनामा उल्लेख छ ।
