एसईईको नतिजा प्रकाशित

Share:

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ ।

सोमबार बसेको बोर्डको बैठकले परीक्षाफल प्रमाणीकरण गरेपछि नतिजा प्रकाशित गरिएको हो ।

गत ६ चैतका लागि निर्धारित एसईई कोरोना (कोभिड–१९) का कारण अन्तिम समयमा स्थगित भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरिएको हो ।

यसपटक ४ लाख ८२ हजार ७ सय ७ विद्यार्थीले भाग लिन फारम भरेका थिए । तर नतिजा भने ४ लाख ७२ हजार ७८ जनाको मात्रै नतिजा आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: