पोखरामा ड्यूटिमा खटिएका प्रहरीलाई बोलेरो जिपले ठक्कर दिँदा एकको मृत्यु, एक गम्भीर घाइते

Share:

पोखरा । पोखरामा ड्यूटिमा खटिएका प्रहरीलाई गए राति बोलेरो जिपले ठक्कर दिँदा एक प्रहरीको मृत्यु भएको छ । अर्का एक प्रहरी हवल्दार गम्भीर घाइते भएका छन् ।

निषेधाज्ञाको पूर्व सन्ध्यामा वडा प्रहरी कार्यालय बैदामबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टिम (QRT) को ग १ ब ३६९ नम्वरको मोटरसाइकललाई ग २ च २६२६ नम्वरको बोलेरो जिपले मंगलबार राती अन्दाजी १ बजे पछाडिबाट ठक्कर दिँदा प्रहरी जवान २० वर्षीय चन्द्र बहादुर बगालेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिपको ठक्करबाट गम्भीर घाइते भएका बगालेलाई तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएपनि उपचारकै क्रममा १ः५० बजे मृत्यु भएको कास्कीका प्रहारी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । पाल्पा घर भएका बगाले हाल बैदाममा कार्यरत थिए ।

घटनामा घाइते मोटरसाइकलको पछाडी सवार बर्दिया घर भएका प्रहरी हवल्दार डम्बर बहादुर थारुको उपचार भैरहेको छ । उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताइएको छ । ठक्कर दिने जिपलाई नियन्त्रणमा लिइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: