
पोखरा । गण्डकी प्रदेशमा बुधबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेश अन्तर्गत तनहुँ र नवलपुरका थप १४ जनामा कोरोना देखिएको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार नवलपुरका १० पुरुष र दुई महिला तथा तनहुँका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरुलाई सम्बन्धित जिल्लाको आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ७९ पुगेको छ ।
कमेन्ट गर्नुहोस्

