अछाममा कैलाश खोलाको बाढीले बस्ती बगायो, ६ जनाको शव फेला, १७ अझै बेपत्ता

Share:

अछाम । अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलामा आएको बाढीले १६ घर बगाएको छ । अहिलेसम्म ६ जनाको शव भेटिएको र अझै १७ जना बेपत्ता भएको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बताइन् ।

मंगलबार रातीदेखि आएको अविरल बर्षापछि आएको बाढीले मंगलसेन नगरपालिका वडा नम्बर १४ र बान्नीगढी जयगढ गाउँपालिकाको वडा नम्बर ६ दर्नामा स्थित पक्की पुल समेत बगाएको छ । छेउछाउका खेतहरु बगरमा परिणत भएका छन् ।

बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षति पुर्याएको छ ।

सैन बजार अहिले बगरमा परिणत भएको उपाध्यक्ष रावलले बताइन् ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी उद्धारमा खटिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: