
काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
आज विहान घिमिरेकै निवासमा पुगेर उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय झण्डा ओढाएका हुन् ।
घिमिरेलाई श्रद्धाञ्जली व्यक्त गर्न नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायत पनि पुगेका थिए ।
राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ काठमाडौँको कपुरधारास्थित आफ्नै घरमा निधन भएको थियो ।
आज पशुपति आर्यघाटमा उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ ।
कमेन्ट गर्नुहोस्
