
हेमजा । लाहाचोक युवा सन्जालद्वारा महिला दिदी बहिनीहरुको क्षमता विकास एबम पहिचानका लागि आयोजित एकल अनलाइन तिज नृत्य प्रतियोगीता २०७७ बुधबार सम्पन्न भएको छ।
प्रतियोगीतामा प्रथम वसन्ति बाँस्तोला, दित्तिय सरस्वती क्षेत्री, तृत्तिय सर्मिला अधिकारी साथै सान्त्वना अम्बिका क्षेत्री भएका छन् । त्यस्तै अनुशासन तपÞर्m वितिशा बस्नेत, उत्कृष्ठ भेसभुसामा सरिता अधिकारी, उत्कृष्ट सांस्कृतिक नृत्यमा सिम्रन सुनार छनोट भएका छन् । उत्कृष्ट ७ मा परेका सबै प्रतियोगीहरुलाइ पुरस्कृत गरिने छ । उक्त प्रतियोगितामा कुल १४ जना प्रतियोगीले भाग लिएका थिए । कार्यक्रममा प्रथम, दित्तिय, तृत्तिय र सान्त्वना एबम अन्य विविध विधा निणयकले नृत्य क्षमता साथै अनलाइन भोटिङका आधारमा छनोट गरिएको थियो ।
प्रतियोगितामा निणयकको रुपमा दानबहादुर गुरुङ, गायिका तुलसा जि.सी र चुन बहादुर उच्चाई रहेका थिए । प्रतियोगितामा बाल कलाकार सदिक्षा बास्तोला र प्राथना सुवेदी लाई पनि आकर्षक पुरस्कार सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा द्वितीय हुन सफल सरस्वती क्षेत्रीले आफुनो पुरस्कार रकम गाउँ कै कुनै एक बृद्धबृद्धालाई सहयोग गर्ने घोषणा गरेकी छन् ।
