दैनिक तीन उडानमार्फत विदेशबाट नेपालीको उद्धार गर्ने सरकारको निर्णय

Share:

काठमाडौँ । सरकारले विदेशमा समस्यामा परेका नेपालीहरूको उद्धारलाई पुनः सुचारु गर्ने भएको छ ।

बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले दैनिक ३ चार्टर उडानबाट विदेशमा समस्यामा परेका नेपाली ल्याउने निर्णय गरेको छ । साथै हवाइ मार्गबाट स्वदेश आउने यात्रुका लागि मापदण्ड निर्धारण समेत गरेको छ ।

अब हवाई मार्गबाट आउनेहरुले काठमाडौँ ओर्लेपछि सात दिनसम्म होटल क्वारेन्टीनमा बस्नैपर्नेछ । कुन होटलमा बस्ने भन्ने बुकिङ गरेर मात्र आउनुपर्नेछ । यसका लागि सरकारले होटलहरुको सूची प्रकाशित गरिनेछ । र, होटलमा बस्दाको खर्च व्यक्ति स्वयंले व्यहोर्नुपर्ने छ ।

विदेशबाट आउनेहरुको सूची त्यस देशमा रहेको दूताबासले तोकेबमोजिम हुनेछ ।

यस्तै नेपाल–भारत सीमाका १० नाकाबाट स्वदेश फर्किएका व्यक्तिले पिसिआएर रिर्पोट ल्याएपनि आफ्नै खर्चमा ७ दिन क्वारेन्टाइन बस्नुपर्ने भएको छ।

यसअघि गत सोमबार कोभिड–१९ संकट व्यवस्थापन परराष्ट्र मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गर्दै उद्धार कार्य रोक्न भनेको थियो।

कमेन्ट गर्नुहोस्
Share: