पोखरामा थप एक जनामा कोरोना संक्रमण पुष्टि

Share:

पोखरा । पोखरा महानगरमा थप एक जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

शुक्रबार विहान पोखरा महानगरपालिका–२७ की ५० वर्षीया महिलामा कोरोना कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

यसैगरी गण्डकी प्रदेशको नवलपुर गैडाकोटका–२ का ३२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

संक्रमितहरुलाई अहिले सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय २३ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: