कालीगण्डकी नदीमा एक पुरुष बेपत्ता

Share:

पर्वत । पर्वत स्थित कालीगण्डकी नदीमा एक पुरुष बेपत्ता भएका छन् ।

बिहादी गाउँपालिका–४ का ४२ वर्षीय बिष्णु प्रसाद भुषाल शुक्रबार दिउँसो करिब १ बजे नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

भुषाल आफ्नै घरदेखि अन्दाजी ३ कि.मि.टाढा कालीगण्डकी नदीको किनारमा आफुले लगाएको टिसर्ट, कट्टु र मोबाईल राखेर नदिमा बेपत्ता भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

उक्त स्थानमा प्रहरी टोली खटिई उनको खोजि कार्य भईरहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: