
लमजुङ । लमजुङमा चेपे नदिले बगाएर एक युवा बेपत्ता भएका छन् ।
बिहीबार राति करिब १२ः५५ बजे अर्घाखाँची सन्धीर्खकका २१ वर्षीय अनिल खड्कालाई उक्त नदिले बगाएर बेपत्ता भएका हुन् ।
मध्यपहाडी लोकमार्गको टिप्परको चालक समेत रहेका खड्का लमजुङको राईनास नगरपालिका–७ बाङग्रेचोरको ओख्ले सागो नजिक बाटोमा हिड्ने क्रममा चिप्लिँदा नदीले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
उक्त स्थानमा प्रहरी टोली खटीई उनको खोजि कार्य भईरहेकोे र घटनाका बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
