
काठमाडौँ । नेपालमा थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप २५० जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरु देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएका हुन्।
योसहित नेपालमा हालसम्म १८ हजार २१४ उपचारपछि निको भएका छन्।
हाल १२ हजार १ सय ३२ जना सक्रिय संक्रमित छन् भने संस्थागत आइसोलेनमा ८ हजार ५४६ छ । होम आइसोलेसनमा ३ हजार ५८६ रहेका छन् ।
कमेन्ट गर्नुहोस्
