नेपालमा कोरोनाबाट थप ११ जनाको मृत्यु

Share:

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु भएको छ।

यससँगै मृतकको संख्या १ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा विभिन्न ११ जिल्लाका ११ जनाको कोरोनाबाट मृत्यु भएको हो । जसमध्य एक महिला र १० पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौँ, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानमा एक एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३० हजार ४८३ जना पुगेको छ भने १८ हजार २१४ उपचारपछि निको भएका छन्।

हाल १२ हजार १ सय ३२ जना सक्रिय संक्रमित छन् ।

यस्तै संस्थागत आइसोलेनमा ८ हजार ५४६ छ । होम आइसोलेसनमा ३ हजार ५८६ रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: