२४ घण्टामा कुन जिल्लामा कति संक्रमित भेटिए?

Share:

काठमाडौँ । नेपालमा गत २४ घण्टामा ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ३० हजार ४८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार शुक्रबार सबैभन्दा धेरै काठमाडौँका १४२ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कैलालीमा ८५ जना, पर्सामा ८०, जुम्लामा ५३ जना, मोरङमा ४५, बारामा ४०, अछाममा ३८, डोटीमा ३४, मकवानपुरमा ३२, सुनसरीमा २९ जना, ललितपुरमा २५, सर्लाही २४, चितवनमा २३, बाँकेमा २०, नवलपरासी पूर्वमा १९, रुपन्देही १७, सिरहा १६, भक्तपुरमा १५, कञ्चनपुरमा १४ जना र रौतहटमा ११ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसैगरी सिन्धुलीका ८, झापामा ७, बर्दिया र प्युठानमा ६/६ जना, सप्तरीमा ५ जना, इलाम र दाङमा ४/४ जना, धनुषा, बागलुङ, रुकुम पश्चिम र बैतडीमा ३/३ जना, उदयपुर, नुवाकोट, मनाङ, कपिलवस्तु र डडेल्धुरामा २/२ जनामा पनि कोरोना देखिएको छ ।

ताप्लेजुङ, पाँचथर, पर्वत, कास्की, स्याङ्जा, गुल्मी, अर्घाखाँची, पाल्पा, रोल्पा, रसुवा, दोलखा, धादिङ, कालीकोट, दैलेखमा एक/एक जनामा कोरोना पुष्टि भएको छ ।

नेपालमा हाल १२ हजार १ सय ३२ जना सक्रिय संक्रमित छन् ।

हालसम्म १ सय ३७ जना संक्रमितको मृत्यु भइसकेको छ भने १८ हजार २१४ उपचारपछि निको भएका छन्।

यस्तै हाल संस्थागत आइसोलेनमा ८ हजार ५४६ छ । होम आइसोलेसनमा ३ हजार ५८६ रहेका छन् । क्वारेन्टीनमा १२ हजार २३४ जना छन् ।

कमेन्ट गर्नुहोस्
Share: