एपीएफका ३४ खेलाडीलाई कोरोना

Share:

काठमाडौं । सशस्त्र प्रहरी बल एपीएफ क्लबका ३४ जना खेलाडीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

नेपाल सरकारले भारतसँगको सीमा सुरक्षाका लागि खटाएका ३४ खेलाडीमा कोरोना पोजिटिभ देखिएको एपीएफ स्रोतले जनाएको छ ।

सीमाबाट फर्केका खेलाडीलाई कीर्तिपुर र दुवाकोट मा क्वारेन्टीनमा राखिएको छ । जसमध्ये कीर्तिपुरमा १८ र दुवाकोटमा १६ जनालाई पोटेभिज देखिएको हो ।

यसअघि पनि दुईजना खेलाडीमा कोरोना पोजेटिभ देखिएको थियो । अहिलेसम्म ३६ जनाको रिपोर्ट पोजेटिभ आएको  जनाएको छ । कोरोना देखिने खेलाडीहरुको नाम गोप्य राखिएको छ ।

लक डाउनको समय सीमा सुरक्षाका लागि ८० खेलाडीलाई बोर्डरमा पठाएको थियो । जसमा फुटबल, क्रिकेट, कराते लगायतका प्रशिक्षक खेलाडी र रेफ्रिहरु रहेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: