यस्तो छ आजको मौसम पूर्वानुमान!

Share:

पोखरा । देशभर शनिबारको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा रहेको महाशाखाले जनाएको छ।

देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: