नेपालमा थप ६३४ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ३१ हजार नाघ्यो

Share:

काठमाडौँ । नेपालमा थप ६३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ६३४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३१ हजार ११७ जना पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १३६ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएका हुन् ।

योसहित निको हुनेको संख्या १८ हजार ३ सय ५० पुगेको छ ।

हाल देशभर १२ हजार ६ सय २१ जना सक्रिय संक्रमित रहेका छन्। यीमध्ये ८ हजार ७ सय ५ जना संस्थागत आइसोलेसनमा छन् भने ३ हजार ९ सय १६ जना होम आइसोलेसनमा छन्।

हाल १२ जना भेन्टिलेटरमा र १३५ जना संक्रमित आइसियूमा उपचाररत रहेको मन्त्रालयले जानकारी दिएको छ।

शनिबार देशभर १२ हजार ५ सय १९ जनाको पिसिआर परीक्षण भएको छ।

कमेन्ट गर्नुहोस्
Share: