
काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा विभिन्न ६ जिल्लाका ९ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार पर्साका तीन जना, सुनसरीका २ जना, बारा, सिरहा, मकवानपुर र भक्तपुरका एकएक जना गरी ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको हो।
सुनसरीका ६ वर्षीया बालिका र ४७ वर्षीय पुरुष को मृत्यु भएको छ ।
पर्साका ६१, ५८ र ४८ वर्षका ३ पुरुषको मृत्युको भएको हो ।
यस्तै बारामा ५८ वर्षीय पुरुष, सिराहामा ६८ वर्षीय पुरुष, मकवानपुरुमा ५६ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको पुगेको छ । हालसम्म मृत्यु हुनेको दर ०.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
देशभर हालसम्म संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ भने १८ हजार ३५० जना निको भएका छन्।
हाल देशभर १२ हजार ६ सय २१ जना सक्रिय संक्रमित रहेका छन्। यीमध्ये ८ हजार ७ सय ५ जना संस्थागत आइसोलेसनमा छन् भने ३ हजार ९ सय १६ जना होम आइसोलेसनमा छन्।
हाल १२ जना भेन्टिलेटरमा र १३५ जना संक्रमित आइसियूमा उपचाररत रहेको मन्त्रालयले जानकारी दिएको छ।
