कस्तो छ आजको मौसम पूर्वानुमान?

Share:

पोखरा । देशभर आइतबारको मौसम सामान्यतया बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

यस्तै राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

न्यूनचापीय मौसमी प्रणाली आजदेखि थप सक्रिय हुने भएकाले रातिदेखि पानी पर्ने क्रम बढ्ने जनाइएको छ।

कमेन्ट गर्नुहोस्
Share: