
पोखरा । पोखरामा थप २ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा पोखरा महानगरका २ महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
आइतबार बिहान पोखराका वार्ड नखुलेका ३० र ३२ वर्षका २ महिलामा कोरोना देखिएको निर्देशनालयले जनाएको हो ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ७० पुगेको छ ।
कमेन्ट गर्नुहोस्
