विश्वमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ८ लाख नाघ्यो, २ करोड ३१ लाख संक्रमित

Share:

काठमाडौँ । विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ८ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको आइतबार बिहानसम्मको तथ्याङ्कअनुसार मृत्यु हुनेहरुको संख्या ८ लाख २ हजार ६ सय ९३ पुगेको हो।

विश्वमा हालसम्म संक्रमित हुनेको संख्या २ करोड ३१ लाख २० हजार ८ सय ३० पुगेको छ भने १ करोड ४८ लाख ४२ हजार ३ सय ८२ निको भएका छन्।

संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा १ लाख ७६ हजार ३ सय २१ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ५६ लाख ६४ हजार ८ सय ४८ पुगेको छ।

यस्तै, ब्राजिलमा मृत्यु हुनेको संख्या १ लाख १४ हजार २ सय ५० पुगेको छ भने ३५ लाख ८२ हजार ३ सय ६२ जना संक्रमित भएका छन् ।

यता छिमेकी देश भारतमा मृत्यु हुनेको संख्या ५५ हजार ७ सय ९४ पुगेको छ भने संक्रमित संख्या २९ लाख ७५ हजार ७ सय १ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: