पोखराका २ जना सहित गण्डकीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

Share:

पोखरा । पोखराका २ जना सहित गण्डकीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा आइतबार दिउँसो पोखराका २, नवलपरासी पुर्वका ६ र गोरखाका १ जना गरी गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना देखिएको हो ।

पोखरा महानगरपालिका वडा नं.–१६ का ४० बर्षीय पुरुष र ३१ बर्षीया महिलामा कोरोना पुष्टि भएको छ । वडा नं १६ का ४० वर्षीय पुरुष ट्याक्सी चालक रहेको निर्देशनालयले जनाएको छ ।

यसअघि आज बिहान पोखराका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै, गोरखाका २८ वर्षीय पुरुष र नवलपरासी पुर्वका ९ वर्षीय बालक सहित ४३ र ६५ वर्षका पुरुष तथा २८, ३६ र ४९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

सबै संक्रमितहरु कन्ट्याक्ट् ट्रेसिङ मार्फत पहिचान भएको जनाएको छ ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८७९ पुगेको छ ।

यसैगरी, गण्डकीमा निको हुनेको संख्या १ हजार ६११ (८५.७३ ५) रहेको पनि निर्देशनालयले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: