
काठमाडौँ । नेपालमा थप ८१८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८१८ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा थप २८१ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएका हुन् । योसहित निको हुनेको संख्या १८ हजार ६३१ पुगेको छ ।
हाल १३ हजार १५५ जना सक्रिय संक्रमित छन् ।
यस्तै ९ हजार २१२ जना संस्थागत आइसोलेनमा छन्। हाल ३ हजार ९४३ होम आइसेलनमा छन्।
२४ घण्टायता ८ हजार २६ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।
