
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट नेपालमा थप ३ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशका ३ जिल्लाका ३ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो ।
मन्त्रालयका अनुसार झापाका ५८ वर्षीय पुरुष, पर्साकी ५६ वर्षीया महिला र सलार्हीकी ३१ वर्षीया महिलाको मृत्यु भएको हो ।
यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ । मृतकको दर ०.४७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ भने निको हुनेको संख्या १८ हजार ६३१ पुगेको छ ।
हाल १३ हजार १५५ जना सक्रिय संक्रमित छन् ।
यस्तै ९ हजार २१२ जना संस्थागत आइसोलेनमा छन् भने हाल ३ हजार ९४३ होम आइसेलनमा छन्।
२४ घण्टायता ८ हजार २६ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।
