कास्कीमा निषेधाज्ञा ५ दिन थप, भदौ १२ सम्म लम्बियो

Share:

कास्कीमा जारी निषेधाज्ञा १२ भदौसम्म लम्बिएको छ । जिल्ला संकट व्यवस्थापन समिति (डीसीसीएमसी) ले भदौ २ गतेदेखि जारी निषेधाज्ञा १२ भदौसम्म लम्ब्याउने निर्णय गरेको हो ।

समितिले थप ५ दिनका लागि निशेधाज्ञा लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए । पोखरा महानगरका उप उपप्रमुख मन्जुदेवी गुरुङको अध्यक्षतामा बिहान बसेको महानगर कोरोना रोकथाम मूल समितिको बैठकले भदौ २ गते मध्यरातिदेखि जारी निषेधाज्ञालाई पुनः ५ दिन लम्ब्याउन प्रशासन समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

निषेधाज्ञामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुने छन् भने हिँडडुल गर्न समेत रोक लगाइएको छ । अत्यावश्यक सामाग्री ढुवानी गर्ने सवारी साधन, औषधि, खाद्यान्न, तरकारी, फलफूल लगायतका पसल र सेवा भने खुला रहने छन् । बेलुका ५ बजेदेखि ८ बजेसम्म निर्माण सामाग्री ओसार पसार गर्ने सवारी साधनलाई भने चल्न दिनेछ । १२ गतेपछि भने मोडल परिवर्तन गरिने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: