पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी विभागमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

Share:

पोखरा । पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमान्चल क्षेत्रीय अस्पताल) को इमर्जेन्सी विभागमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोही प्रतिष्ठानको प्रयोगशालामा गरिएको परिक्षणमा आइतबार दिउँसो ३९ वर्षीय पुरुष स्वास्थ्यकर्मीमा कोरोना देखिएको हो ।

केहीदिन देखि होटल क्वारेन्टीनमा रहेका उनलाई अहिले प्रतिष्ठानको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
यो सँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ हजार ८८० पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: