देशभर आजको मौसम कस्तो रहन्छ?

Share:

पोखरा। देशभर सोमबारको मौसम सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै आज केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

थोरै पानी पर्दा पनि पहिरो जान सक्ने भएकाले सचेत रहन विभागले आग्रह छ ।

हाल नेपालमा भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय रेखाको सामान्य प्रभाव सँगै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत सामान्य प्रभाव रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: