
पोखरा । सुनको मूल्य आज (सोमबार) पाँच सय रुपैयाँले घटेको छ ।
सुन आज तोलाको ९७ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन हिजो तोलाको ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी आज चाँदीको मूल्य पनि समान्य घटेको छ । चाँदी आज तोलामा २५ रुपैयाँ घटेर १३ सय २० रुपैयाँ तोकिएको छ । हिजो चाँदी तोलाको १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।
कमेन्ट गर्नुहोस्
