नेपालमा थप ७४३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ३२ हजार नाघ्यो

Share:

काठमाडौँ । नेपालमा थप ७४३जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७४३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १७५ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएका हुन् । योसहित निको हुनेको संख्या १८ हजार ८०६ पुगेको छ ।

हाल १३ हजार ७ सय १५ सक्रिय संक्रमित छन् ।

यस्तै ९ हजार १५४ जना संस्थागत आइसोलेनमा छन् भने हाल ४ हजार ५६१ होम आइसेलनमा छन्। देशभर १३८ जना संक्रमित आइसियूमा छन् भने १५ जना भेन्टिलेटरमा छन्।

२४ घण्टायता १० हजार २ सय ३४ पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: