
काठमाडौँ । आज (बिहीबार) बिहान सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान ७ बजेतिर सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
पहिरो झरिरहेका कारण तत्काल पहिरो पन्छाउने काम हुन नसकेको बताइएको छ ।
कमेन्ट गर्नुहोस्
