
पोखरा । पोखरामा कोरोना संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड– १९ उपचार केन्द्रमा उपचाररत पोखरा–११ की ३२ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।
भदौ ७ गते कोरोना पुष्टि भई आइसीयुमा उपचाररत महिलाको बिहीबार बिहान ८ बजे उपचार कै क्रममा मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । ती महिलालाई अन्य कुनै रोग नभएको बताइएको छ ।
उक्त प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुने उनी पाँचौँं संक्रमित हुन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
कमेन्ट गर्नुहोस्

