गण्डकी प्रदेशका ५ जिल्लाका थप २५ जनामा कोरोना संक्रमण पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा बिहीबार बिहान गण्डकीका ५ जिल्लाका २५ जनामा कोरोना देखिएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बिहान तनहुँका ९ जना, बाग्लुङका ८ जना, लम्जुङका ४ जना, नवलपुरका ३ जना र पर्वतका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा तनहुँको म्याग्दे–४ का ३४ र ६२ वर्षका २ पुरुष, ६ का ५३ र ५८ वर्षका २ पुरुष, ७ का १, ३५ र ३७ वर्षका ३ पुरुष तथा ३१ वर्षीया महिला र भानु–४ का ५० वर्षीय पुरुष रहेका छन् ।

यस्तै बाग्लुङ– १ का २१ र ३४ वर्षका २ पुरुष, ३ का १, १९ र २७ वर्षका ३ महिला, ८ का २४ वर्षीय पुरुष, १० का २८ वर्षीय पुरुष र ६ का ३१ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।

लम्जुङको बेशीसहरका २४ वर्षीया महिला तथा २२, ३७ र २६ वर्षका ३ पुरुष पनि कोरोना देखिएको हो ।

यसैगरी नवलपुर मध्यविन्दु–१० का ४० र ५० वर्षका पुरुष, गैँडाकोट–५ का ३५ वर्षीय पुरुष र पर्वतको जलजला– ४ का ३६ वर्षीय पुरुषमा कारोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्य लम्जुङ बेशीसहरका दुई पुरुष नेपाल आर्मीका हुन् भने एक पुरुष पालिकाका कर्मचारी हुन् । यस्तै बाग्लुङ– १ का एक संक्रमित नेपाल प्रहरी हुन् । यसैगरी बाग्लुङ– ८ का एक जना र पर्वतका संक्रमित भारतबाट आएका र अन्य सबै संक्रमित कन्ट्याक ट्रेसिङमा परेको निर्देशनालयले जनाएको छ ।

यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ९७७ पुगेको छ ।

यस्तै १ हजार ६६५ जना निको भइ घर फर्किसकेको पनि निर्देशनालयले जानकारी दिएको छ । हाल प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । आज बिहान मात्रै पोखरा–११ की ३२ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

कमेन्ट गर्नुहोस्
Share: