बिरामीको ज्यान बचाउन आवाजको आकस्मिक रक्तदान

Share:

पोखरा । रगतको अभाव भइ बिरामीको उपचारमा समस्या देखिएपछि पोखराको आवाज नामक संस्थाले बिहीबार आकस्मिक रक्तदान गरेको छ ।

रगतको संकट टारेर बिरामीको ज्यान बचाउन सहयोग गर्ने उदेश्यले आवाजले पोखरा –१६, बाटुलेचौरमा आकस्मिक रक्तदान गरेको हो ।

कोरोना महामारी र लकडाउनका बाबजूद उक्त रक्तदान कार्यक्रममा १२ जना रक्तदाताले सहभागिता जनाएका आवाजका अध्यक्ष प्रकाश सुनारले जानकारी दिए ।

अध्यक्ष सुनारले अन्य वडाहरुमा पनि युवाहरुले रक्तदान कार्यक्रम गरेमा रगतको अभाव पुरा भइ बिरामीको उपचारमा सहयोग पुग्ने बताउँदै रक्तदानमा जुटन आव्हान गरेका छन् ।

आवाज संस्थाले विभिन्न सामाजिक र रचनात्मक काम गर्दै आइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: