२४ घण्टामा नेपालमा कोरोनाबाट ८ जनाको मृत्यु पुष्टि

Share:

काठमाडौँ । नेपालमा कोरोना संक्मणबाट थप ८ जनाको मृत्यु भएको छ।

विगत २४ घण्टामा ८ जिल्लाका ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

२४ घण्टामा मृत्यु हुने ८ जनामध्ये ५ जना महिला र ३ पुरुष छन्।

मन्त्रालयका अनुसार कास्कीकी ३२ वर्षीया महिला, ललितपुरकी ६५ वर्षीया महिला, बाराकी २३ वर्षीया महिला, रुपन्देहीकी ७० वर्षीया र बाँकेकी ७० वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यस्तै, कपिलवस्तुका ५० वर्षीय पुरुष, काठमाडौँका ४८ वर्षीय पुरुष, पर्साका ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १८३ पुगेको छ। यो कूल संक्रमितको०.५२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: