
पोखरा । सुनको मूल्य आज (शुक्रबार) तोलामा ७ सय रुपैयाँ घटेको छ ।
सुनको मूल्य आज तोलाको ९६ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मूल्य तोलाको ९७ हजार ६ सय रुपैयाँ कायम गरिएको थियो ।
यस्तै आज तेजावी सुनको मूल्य ९६ हजार ४ सय रूपियाँमा कारोकार भइरहेको छ । हिजो तेजावी सुन प्रति तोला ९७ हजार १ सय रूपैयाँमा कारोकार भएको थियो ।
यसैगरी आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेको छ ।
आज चाँदीको मूल्य १ हजार ३ सय ४० रूपैयाँमा निर्धारण गरिएको छ । हिजो बिहिबार चाँदीको मुल्य १ हजार ३ सय ४५ मा कारोबार भएको थियो ।
कमेन्ट गर्नुहोस्
