पोखरामा दुई र नवलपुरमा एक जना फेरी थपिए कोरोना संक्रमित

Share:

पोखरा । पोखरामा दुई र नवलपुरमा एक जना फेरी नयाँ कोरोना संक्रमित थपिएका छन् ।

शुक्रबार बिहान कास्कीको पोखरा महानगर–१६ का ५२ र ६८ वर्षका दुई पुरुष तथा नवलपुर गैँडाकोट–८ का २९ वर्षका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार पोखराका दुबै संक्रमित फिस्टेल अस्पताबाट लक्षण देखिएपछि पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । यस्तै नवलपुरका संक्रमित कलेज अफ मेडिकल साइन्स, भरतपुर चितवनमा कार्यरत चिकित्सक हुन् ।

यस अघि आजै पोखराका ३ सहित गण्डकीमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २५ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: