संचारकर्मी रोशन पोखरेल र इन्द्र दाहालको शब्द सिर्जनामा “पैसाको अभाव” (भिडियो सहित)

Share:

काठमाडौँ । नेपाली मौलिक गीत संगीतको क्षेत्रमा स्थापित गायिका पुर्णकला विसी र गायक सुरज थापाको आवाजमा “पैसाको अभाव” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।

पैसाको अभावमा धन कमाउने सपना बोकेर विदेश गएका हजारौ नेपाली युवाको जिवन भोगाईलाई गीतमा समेटिएको छ। साहु सँग ऋण लिएर परदेशी भुमीमा परदेशी भुमीमा श्रम गर्न विवश हजारौं युवाको बास्तविक कथालाई गीतमा समेटिएको छ ।

रोशन पोखरेल र इन्द्र दाहाल शिशिरको शब्द सिर्जना तथा सन्तोष पौडेलको लय सिर्जना गीतमा रहेको छ। गीतको शब्द तथा भाव अनुसारको एरेन्ज कृष्ण केसीले गरेका छन् । सुशिल डाँगी र राहुल राईको छायाँकन, अविनास डिसीको सम्पादन तथा रविन शाहको निर्देशन भिडियोमा रहेको छ  । “पैसाको अभाव” गीतको भिडियोमा सारिका केसी, जय देवकोटा, शेखर दाहाल र बाल कलाकारको भुमीकामा प्रिन्सा खड्का र चन्दन शाहीको अभिनय रहेको छ।

 

 

कमेन्ट गर्नुहोस्
Share: