कोरोना संक्रमणबाट पोखरामा थप एकको मृत्यु

Share:

पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

शनिबार पोखरा महानगरपालिका वडा नं १४ का ५८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा शनिबार बिहान ११ बजे मृत्यु भएको हो ।

यहि भदौ ७ गते उनको पेटको शल्यक्रिया भएको थियो । उपचारकै क्रममा स्वाब संकलन गरी परिक्षण गर्दा भदौ १० गते आएको रिपोर्टमा उनी कोरोना सङक्रमण देखिएको थियो ।

कोरोना सङक्रमण भएको फेला परेपछि उनलाई प्रतिष्ठान अन्तरगतको कोभिड १९ उपचार केन्द्रमा उपचार भइरहे थियो । उपचारकै क्रममा उनको आज बिहान ११ बजे मृत्यु भएको अस्पतालका निर्देशक सह प्रा डा. अर्जुन आचार्यले बताए ।

कोरोना सङक्रमण भइ प्रतिष्ठानमा मृत्यु हुनेको सँख्या ७ पुगेको छ भने गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: