पोखरामा एक बैंकका कर्मचारी र लमजुङमा ६ प्रहरीमा कोरोना पुष्टि

Share:

पोखरा । पोखराका एकसहित गण्डकीमा थप ७ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

शनिबार दिउँसो कास्कीको पोखरा महानगर–१० की ३१ वर्षीया महिला तथा लमजुङ बेसीसहरका २०,२०,२८,३० र ३३ वर्षीय पुरुष तथा ४० वर्षीया महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार पोखराकी संक्रमित महिला पोखरा स्थित मेघा बैंक बगर शाखाकी कर्मचारी र लमजुङका सबै संक्रमित नेपाल प्रहरी हुन् ।

यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २ हजार ९४ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: