देशमा भैरहेको विभिन्न जातिय विभेदको घटना प्रति आवजको गम्भिर ध्यानाकर्षण

Share:

पोखरा । पछिल्लो समय देशमा भैरहेको विभिन्न जातिय विभेदको घटना प्रति पोखरेली युवाहरुको संस्था आवजले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

शनिबार आवाजका अध्यक्ष प्रकाश सुनारद्वारा हस्ताक्षरित एक विज्ञप्ति जारी गरी संस्थाले सो विषयमा ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तिमा रौतहट गरुडाको घटना देखि रुकुम सोती नरसंहार, झापाकी कृतिमानी राष्ट्रिय खेलाडीमा समेत भएको कुटपिट जस्ता घटनाको उल्लेख गर्दै देशमा जातिय विभेदकै कारण बारम्बार संबेदाशील घटनाहरु घटिरहनु र यसबारे राज्य गम्भिर ढंगले प्रस्तुत हुन नसक्नु संयोग मात्र नभएको भन्दै २१ औँ शताब्दीको आधुनिक भनिने मानवसमाजको कालो धब्बाको संज्ञा दिइएको छ ।

‘जातिय छुवाछुत गर्नु सामाजिक अपराध हो भन्ने संवैधानिक व्यवस्था भए पनि दिन प्रतिदिन यस्ता घटनाहरु बढ्दै जानु र कानुनको कार्यान्वयन फितलो हुनुमा कानुनी राज्य र संविधानकै धज्जी उडाएको छ ।’ विज्ञप्तिमा भनिएको छ । ‘यस्ता खालका सोच र व्यवहारले जरा गाडी राखेमा समाज रुपान्तरण हुँदैन र यसको ठूलो मूल्य राज्यले चुकाउनु पर्ने हुन सक्छ ।’

आवाजले यस्ता घटनाहरुको सत्य तथ्य छानविन गरी पीडकलाई संवैधानिक व्यवस्था अनुसार हदै सम्मको कानुनी कारबाहीको माग गरेको छ । साथै पीडितलाई उचित क्षतिपूर्ति सहित न्याय प्रदान गर्न र कानुनी राज्यको अनुभुति दिलाउन समेत सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

कमेन्ट गर्नुहोस्
Share: