
काठमाडौँ । नेपालमा थप ८८४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २४२ महिला र ६४२ पुरुष गरी ८८४ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या ३७ हजार ३४० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै काठमाडौँमा १५५ जना नयाँ संंक्रमित थपिएका छन् ।
यस्तै सर्लाहीका ८३ जना, पर्साका ७३ जना, चितवनका ५७ जना, धनुषाका ४९ जना, मोरङका ३१ जना, लमजुङका २९ जना, महोत्तरी र बझाङका २६/२६ जना, सुनसरीका २४ जना, नवलपुरका २३ जना, सिराहाका २२ जना, बारा र बैतडीका २१/२१ जना तथा झापा र बाँकेका २०/२० जनामा कोरोना देखिएको हो ।
धनकुटा, काभ्रे, ललितपुर, दाङ र कैलालीका १९/१९ जना, कञ्चनपुरका १७ जना, रुपन्देहीका १६ जना, भक्तपुरका १२ जना, नवलपरासी र सुर्खेत १०/१० जना तथा धादिङ र मकवानपुरका ९/९ जनामा पनि कोरोना पुष्टि भएको छ ।
रौतहटका ५ जना, संखुवासभा, कास्की र दार्चुलाका ३/३ जना, सप्तरी र कपिलवस्तुका २/२ जना तथा इलाम, दोलखा, सिन्धुपाल्चोक, गुल्मी, जाजरकोट, जुम्ला, दैलेख, रुकुम पश्चिमका एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
३१३ जना डिस्चार्ज
यसैगरी पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएका हुन् ।
योसहित नेपालमा कोरोना मुक्त हुनेको संख्या २० हजार ५५५ पुगेको छ । यो कुल संक्रमितको ५५ प्रतिशत हो।
हाल १६ हजार ५७८ संक्रिय संक्रमित छन्। ६ हजार ४४५ जना होम आइसोलेसनमा छन् भने १० हजार १४५ संस्था आइसोलेनसमा छन्।
हालसम्म ६ लाख ६९ हजार ६२६ पिसिआर परीक्षण भएको छ भने गत २४ घण्टामा मात्रै १० हजार ९७१ पिसिआर परीक्षण भएको छ । हाल ८ हजार ३५ जना क्वारेन्टीनमा छन्।
